इरानको कुनै टापु कब्जा गर्न सहयोग गरेमा त्यस देशमाथि आक्रमण गर्ने चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १२

काठमाडौँ । इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी क्षेत्रमा ‘हजारौं’ सैनिक पठाएको छ । इरानले अमेरिकी सैनिक खाडी देशतर्फ परिचालित हुनुलाई इरानको कुनै टापु कब्जा गर्ने उद्देश्य हुनसक्ने आशंका गरेको छ ।

इरानका सभामुख मोहम्मद बघेर घलिबाफले यदि कुनै छिमेकी देशले ‘शत्रु’हरूलाई इरानको कुनै टापु कब्जा गर्न सहयोग गरेमा त्यस देशमाथि पनि आक्रमण गर्ने चेतावनी बुधबार दिएका छन् ।

‘इरानी सेनाले शत्रुहरूको गतिविधि निगरानी गरिरहेको छ । यदि उनीहरूले कुनै कदम चाले भने, हामी निरन्तर र कठोर रूपमा त्यस क्षेत्रीय देशको महत्वपूर्ण पूर्वाधारमा आक्रमण गर्नेछौं,’ सभामुख गलिबाफले सामाजिक सञ्जालमा छुट्टाछुट्टै पोस्टमार्फत भनेका छन् ।

तर उनले देशको नाम भने खुलाएका छैनन् ।

यस्तै, अल जजिराका अनुसार अमेरिकाको नजर खार्ग टापुतर्फ छ । खार्ग सानो र खुला टापु हो, जुन इरानको मुख्य भूमिसँग नजिक छ । यो व्यापारिक र रणनीतिक हिसाबले संवेदनशील मानिन्छ ।

इरानको अर्ध–सरकारी तस्निम समाचार एजेन्सीले एक अज्ञात सैन्य स्रोतलाई उद्धृत गर्दै, यदि इरानी टापुहरू वा अन्य कुनै क्षेत्रमा सैन्य कारबाही भयो भने इरानले रेड सागरको प्रवेशद्वारमा लडाइँको नयाँ मोर्चा खोल्न सक्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *