सवारी लाइसेन्स ५ महिनामा २८ हजारमात्रै छापियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ११

काठमाडौँ । १२ लाख स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ गरिसक्नु पर्ने सम्झौताको म्याद अब एक महिनामात्र बाँकी छ ।

६ महिनाभित्र १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता भएकोमा सुरक्षण मुद्रण केन्द्रले पाँच महिनामा जम्मा २८ हजार थानमात्र छापेको छ ।

यातायात व्यवस्था विभागकाअनुसार केन्द्रले २८ हजार थान छापेर विभागलाई हस्तान्तरण गरेको छ । कुल करिब २८ लाख लाइसेन्स छाप्न बाँकी छ । समयमै लाइसेन्स छाप्न नसक्दा वर्षौंदेखि ‘ट्रायल पास’ गरेको रसिद खल्तीमा बोकेर सेवाग्राही हिँड्न बाध्य छन् ।

भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा आक्रोशित भिडले मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी गर्दा विभागको कार्यालयमा रहेका पुराना लाइसेन्स प्रिन्टरहरू, सर्भर र अन्य प्राविधिक उपकरण पूर्ण रूपमा क्षतिग्रस्त भए । विभाग आफैँले लाइसेन्स छाप्ने भौतिक क्षमता गुमाएपछि वैकल्पिक र स्थायी समाधानको रूपमा सुरक्षण मुद्रण केन्द्रलाई छपाइको पूर्ण जिम्मेवारी दिएको थियो ।

सुरक्षण मुद्रण केन्द्रसम्बन्धी ऐनमा सवारी लाइसेन्स केन्द्रले छाप्न पाउने कानुनी व्यवस्था भएपछि विभागले यसको तयारी अघि बढाएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *