महालक्ष्मी विकास बैंकद्वारा देशैभर वित्तीय साक्षरता तथा सचेतना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ९

काठमाडौँ । महालक्ष्मी विकास बैंकले चैत्र २ गतेदेखि ८ गतेसम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनी विक २०२६ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरु मार्फत वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेको छ ।

यस साताव्यापी अभियान अन्तर्गत यस बैंकका दरबारमार्ग, हेटौंडा, इटहरी, भैरहवा, विजयपुर पोखरा, विरगंज, धनगढी, सुर्यपुरा, डडेलधुरा, लाहान, बिचबजार, मंगलसेन, चिप्लेढुङ्गा लगायतका विभिन्न शाखा कार्यालयहरु तथा प्रादेशीक कार्यालयहरुले विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लागि वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न गरेका छन् ।

“स्मार्ट मनी टक्स“ भन्ने मुल नाराका साथ देशभरी आयोजना गरिएको कार्यक्रमहरुमा एक हजार जना भन्दा बढीको सहभागिता रहेको र उक्त कार्यक्रमहरुमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुहरुमा जानकारी गराइएको छ ।

नेपाल राष्ट्र बैंक लगायतका विभिन्न संस्थाहरुले आयोजना गरेको वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रमहरुमा समेत बैंकले उत्साहजनक रुपमा सहभागिता जनाएको छ ।

ग्लोबल मनी विक २०२६ को अवसर पारेर यस बैंकको नेपालगंज शाखाले श्री युद्ध संस्कृत माध्यमिक विद्यालय, नेपालगंज, बाँकेमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्रीहरु समेत वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *