|
२०८२ चैत्र ७
काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनाल ले ईद उल फितर को अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन्।
खनालले यस पर्वले मित्रता, भ्रातृत्व र राष्ट्रिय एकता सुदृढ बनाउने विश्वास व्यक्त गर्दै समाजमा धार्मिक सहिष्णुता र आपसी मैत्री प्रवर्द्धन गर्ने बताए।
उनले देशलाई राष्ट्रिय एकता, प्रगति र समृद्धिको मार्गमा अगाडि बढाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्