नेकपा (एकीकृत समाजवादी) विभाजनको तयारी, झलनाथ खनाल पक्ष आज भेला गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १५

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टी विभाजन हुने पक्का भएको छ। माओवादी केन्द्रसँग एकता गर्ने केन्द्रीय समिति निर्णयपछि झलनाथ खनाल नेतृत्वको समूह अलग हुने तयारीमा छ।

खनाल पक्षले शनिबार दिउँसो काठमाडौंको सुकेधारास्थित पार्टी प्यालेसमा भेला बोलाएको छ।

भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ लगायत सय बढी नेता सहभागी हुने बताइएको छ। खनाल पक्षले पार्टी पुनर्गठन नगरी माओवादीसँग एकता गर्नु गलत भएको आरोप लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *