रास्वपाले आज समानुपातिकको सूची बुझाउने तयारी, नयाँ सरकार बन्न १० दिन लाग्नसक्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट समानुपातिक सांसद बन्नेहरुको सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । सरकार गठन गर्न भने १० दिन जति लाग्न सक्ने रास्वपाले जनाएको छ ।

केन्द्रीय कार्यालयमा आज बिहान पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै रास्वपा प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन् ।

समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन र अन्य विविध विषयमा छलफल गर्न रास्वपाको बैठक बस्दै छ ।

सरकार गठनको विषयमा सोधिएको जिज्ञासामा उनले केही व्यवहारिक र संवैधानिक प्रक्रियाहरु बाँकी नै रहेकाले नयाँ सरकार बन्न १० दिन जति लाग्न सक्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *