|
२०८२ चैत्र १
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्दैछ।
बैठकमा प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक सांसदको सूची तय गर्ने विषय र वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बनाउनेबारे आवश्यक प्रक्रिया अघि बढाउने एजेन्डामा छलफल हुने बताइएको छ।
यसअघि शनिबारका लागि तय गरिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आइतबारका लागि सारिएको हो।
निर्वाचन परिणामअनुसार रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाएको छ। निर्वाचन आयोग नेपाल ले समानुपातिक सांसदहरूको नामावली बुझाउन आजसम्मको समय दिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्