शुक्रबार सुन मूल्य २ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २९

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो ।

महासंघले तोकेको नयाँ मूल्यअनुसार आज बजारमा छापावाल सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य पनि घटेर आज २ लाख ६९ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । हिजो प्रति १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७ सय ७५ रुपैयाँ रहेको थियो ।

सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ५ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार ४ सय ९५ रुपैयाँमा झरेको छ ।

यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य हिजोको ४ हजार ७ सय २८ रुपैयाँबाट घटेर आज ४ हजार ७ सय ११ रुपैयाँ तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *