मंगलबार नेप्सेमा हरियाली, ३८.५२ अंकको वृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १९

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा हरियाली छाएको छ । यसदिन नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार १ करोड ५१ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड भन्दा बढीको कारोबार भएको छ ।

यस्तै यस दिन ट्रेडिङ इन्डेक्सबाहेक सबै उपसूचकहरुमा हरियाली देखिएको छ । नेप्सेका अनुसार आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *