मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २८

काठमाण्डौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार १.७६ प्रतिशतले बढेको सेयर बजार मापक नेप्से परिसूच आज १९.४३ अंकले घटेको हो ।

आज मंगलबार ०.७६ प्रतिशतले घटेको नेप्से २५ सय २८ दशमलव १६ बिन्दुमा रोकिएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ३१५ कम्पनीको ६४ लाख ४९ हजार ८८६ कित्ता सेयर ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजारमा रूपैयाँमा कारोबार भएको छ ।

सोमबार ३२९ कम्पनीको ९९ लाख ४ हजार ८७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार रुपैयाँको कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *