काठमाडौं — देशभर आज ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएको छ।
राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रपतिदेखि प्रधानमन्त्री तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ। विभिन्न सांस्कृतिक प्रस्तुति र औपचारिक कार्यक्रममार्फत दिवस मनाइँदै आएको छ।
वि.सं. २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश जारी गर्दै जनताको बलिदान र संघर्षबाट स्थापित लोकतान्त्रिक व्यवस्थाको संरक्षण र सुदृढीकरणमा सबै एकजुट हुनुपर्ने बताएका छन्। उनले सार्वभौमसत्ता जनतामै निहित रहने मूल्यमान्यतालाई अझ सशक्त बनाउन आग्रह गरेका छन्।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्