|
२०८२ फाल्गुन ६
काठमाडौँ, फागुन ६ – काठमाडौँको नारायणगोपाल चोकमा एक कार चालकले पैदलयात्रीमाथि हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बूढानीलकण्ठ–३ बस्ने ४२ वर्षीय पारस बम उक्त घटनामा संलग्न रहेका छन्। बा३च ११०३ नम्बरको निजी जिप चालक रहेका उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि अदालतमा उपस्थित गराइएको थियो।
काठमाडौँ जिल्ला अदालतले घटनाबारे अनुसन्धान गर्न सात दिनको म्याद थप गरेको प्रहरी प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्