चप्पल कारखाना अगाडि कुटपिटस् कार नम्बर खुलेपछि चालकको खोजी तीव्र

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ५

काठमाण्डौँ । पैदलयात्रीलाई कार चालकले मुक्का हानेको घटना चप्पल कारखाना अगाडिको सडकको रहेको खुलेको छ ।

पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि अनुसन्धान गरेको प्रहरीले यो घटना महाराजगञ्जस्थित चप्पल कारखाना अगाडिको सडकको रहेको पत्ता लगाएको हो । कारको नम्बरसमेत खुलिसकेकाले यातायात कार्यालयमार्फत उक्त कार कसको नाममा रहेको पत्ता लगाएर प्रहरीले पहिचान गर्नेछ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले भिडियो प्राप्त भइसकेकाले कुट्ने व्यक्तिको खोजी सुरु गरिएको बताए ।

अहिले कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *