काठमाण्डौँ । दाङमा भएको बस दुर्घटनामा परी घाइते भएका सबै २२ जना यात्रुहरू प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन् ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेका अनुसार बिहान भएको दुर्घटनामा २२ जना यात्रु घाइते भएका थिए । सबैलाई लमही अस्पतालमा प्राथमिक उपचार गरेपछि घर पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खसेको थियो।
दुर्घटनापछि बस चालक, डडेल्धुराको अमरगढी–७ का ३६ वर्षीय राजेन्द्र कैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते यात्रुहरूमा डडेल्धुरा, कैलाली, बैतडी र प्युठानलगायत विभिन्न स्थानका बासिन्दा रहेका थिए ।
प्रहरीले दुर्घटनाको कारण प्राविधिक समस्या हुन सक्ने अनुमान गरेको छ । बसको पत्ता भाँचिएको भन्दै बस चालकले प्रहरी समक्ष बयान दिएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्