पश्चिमी वायुको प्रभाव: उच्च भूभागमा बदली, तराईमा कुहिरोको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ५

काठमाडौं । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा छ।

आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्ने सम्भावना छ। साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

राति पनि तराईका केही क्षेत्रमा तुँवालो लाग्न सक्नेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम मुख्यतया सफा रहनेछ। चिसो बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *