|
२०८२ माघ २६
काठमाडौं । अण्डाको मूल्यमा फेरि गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य तोकेको छ।
सङ्घका अनुसार उत्पादन बढ्नु र भारतबाट अण्डा भित्रिनुले बजारमा आपूर्ति बढ्दा मूल्य घटेको हो। नयाँ मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र मिडियम अण्डा प्रतिक्रेट ३३५ रुपैयाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डा ४३५ र मिडियम ४०५ रुपैयाँ थियो।
गत मङ्सिरमा अण्डाको मूल्य उच्च विन्दुमा पुगेको थियो। त्यस बेला फार्ममा ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँसम्म बिक्री भएको थियो। तर हाल मूल्य लागत नजिक झरेपछि किसान चिन्तित बनेका छन्।
सङ्घका अनुसार अण्डाको उत्पादन लागत प्रतिक्रेट करिब ५७४ रुपैयाँ पर्छ। भारतीय अण्डाको आयातले स्वदेशी किसान प्रभावित भएपछि आयात नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्