काठमाण्डौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीहरूलाई पोखरामा तीनदिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम’ सम्पन्न गरेको छ । कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले तालिम गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले बिमा व्यवसाय निरन्तर रूपमा प्राविधिक विषय हुँदै गएको सन्दर्भमा आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी यस विस्तृत तालिम प्रशिक्षणबाट कम्पनीको व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने बताए ।
यसैक्रममा अध्यक्ष सिंहले कार्यसम्पादन मूल्यांकनको आधारमा बेस्ट इम्प्लोइ अवार्ड–२०८२ मा उत्कृष्ट ठहरिएका सात कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान समेत गरेका थिए ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले दक्ष कर्मचारीहरूबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने बताए । यसैले कर्मचारीहरूलाई प्रविधिमा सक्षम बनाई डाटा विश्लेषण तथा ग्राहक सेवा प्रणाली जस्ता उपकरणको प्रभावकारी प्रयोगबाट सेवा प्रवाहलाई छिटो, सरल र गुणस्तरीय बनाउन मदत पुग्ने गरी एआई (आर्टिफिसियल इन्टिेलिजेन्स) तालिमको व्यवस्था गरिएको बताए । साथै, उनले कर्मचारीहरूलाई बिमा व्यवसायमा प्रत्यक्ष सरोकार राख्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिमको पनि व्यवस्था गरिएको जानकारी दिए ।
नेपाल बिमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले बिमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्न सकिनेतर्फ सचेत रहन आग्रह गरे ।
उक्त कार्यक्रममा ब्रोडवे इन्फोसिसका सन्देश भट्टराईले एआईसम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Porn Pics
February 3, 2026Wishing you a happy day, every day!