सन नेपाल लाइफ इन्स्योरेन्सको तीन शाखाको स्थान्तरण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

काठमाण्डौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारायणी क्षेत्र अन्तर्गत टाडी शाखा , भरतपुर शाखा, र चनौली शाखा गरि तीन शाखालाई नयाँ तथा आधुनिक संरचनायुक्त स्थानमा स्थानान्तरण गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

नयाँ कार्यालयमार्फत कम्पनीले विद्यमान तथा नयाँ पोलिसी होल्डरलाई अझ छरितो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

स्थानान्तरण उद्घाटन समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, र प्रदेश प्रमुख ईश्वर बिकल सापकोटा, तथा सम्बन्धित शाखा प्रबन्धक तथा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले सेवा सुविधालाई ग्राहकसम्म प्रभावकारी रूपमा पुर्‍याउन संरचनागत सुदृढीकरण अत्यावश्यक रहेको उल्लेख गर्दै शाखा स्थानान्तरण पहल ग्राहकमैत्री अभिमुखीकरणतर्फको महत्वपूर्ण कदम भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *