काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक योजना मन्थन २०८२ अन्तर्गत छनोट भएका अभिकर्ताहरूका लागि एकदिने व्यवसायिक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध २८० जना अभिकर्ताहरूलाई लक्षित गर्दै उक्त तालिम धुलिखेलस्थित होटल सारथीमा आयोजना गरिएको थियो।
कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण दिनुभएको थियो। उहाँले व्यवहारिक उदाहरणहरूमार्फत एमडीआरटी (MDRT) लक्ष्य हासिल गर्ने रणनीति र व्यवसाय विस्तारका उपायबारे सहभागीहरूलाई मार्गदर्शन गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रमुख कार्यकारी अधिकृत कडेलले अभिकर्ता पेशालाई अझ व्यावसायिक र मर्यादित बनाउन कम्पनीले अभिकर्ता–मैत्री मासिक तथा वार्षिक योजनाहरू सञ्चालन गर्दै आएको बताउनुभयो। प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको नारासहित सञ्चालन गरिएको मन्थन योजनाबाट देशभर ७०० भन्दा बढी अभिकर्ता छनोट हुनु यस योजनाको सफलताको प्रमाण भएको उहाँको भनाइ थियो। सो अवसरमा शाखास्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले यस्ता तालिमले अभिकर्ताहरूलाई प्रतिस्पर्धात्मक बीमा बजारमा आफूलाई सक्षम र अब्बल सावित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
तालिममा सहभागी अभिकर्ताहरूले यस किसिमका व्यवसायिक प्रशिक्षणबाट आगामी दिनमा बीमा व्यवसायमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए। सम्मान प्राप्त गर्ने अभिकर्ताहरूले आफ्नो मेहनतको कदर भएको महसुस गर्दै भविष्यमा अझ लगनशीलताका साथ पेशागत यात्रालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
2 Comments
marias magical seasons dress up
January 31, 2026This charming dress-up game is a fantastic choice for creative players! With tons of outfits and accessories, marias magical seasons dress up lets you explore endless style possibilities. It’s a relaxing and fun way to express yourself and experiment with fashion. Perfect for a casual gaming session!
Jayla2771
January 31, 2026Start profiting from your traffic—sign up today!