सुनको भाउमा ठूलो उछाल, एकैदिन प्रतितोला २० हजारभन्दा बढीले वृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १५

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। छापावाल सुनको भाउ एकैदिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ७ हजार ३ सय रुपैयाँ रहेको चाँदी बिहीबार २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *