सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटयाे

DaksuMedia दाक्सु मिडिया
|
२०८० माघ ४

काठमाडौं – बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार १ लाख १७ हजार ५ सय रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *