झापामा बालेनबिना घरदैलो कार्यक्रमः श्रीमतीदेखि सचिवालयसम्म सहभागी हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ११

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेन्द्र शाह (बालेन) को टिमले भोलिबाट झापा ५ मा घरदैलो गर्ने भएको छ ।

बालेन नभए पनि उनको सचिवालय र झापा जिल्लाका रास्वपा नेताहरू घर दैलोमा सहभागी हुनेछन् । सचिवालयका अनुसार बालेनकी श्रीमती सविना काफ्‌लेसहित सचिवालय सदस्य नवीन भण्डारी र रास्वापाका नेताहरू झापा ५ को घरदैलोमा सहभागी हुन्छन् ।

भोलि बिहान दमक ९ उराउ बस्तीमा भेला भएर घरदैलो अभियान सुरु हुन लागेको सचिवालय सदस्य भण्डारीले जानकारी दिए । उराउ बस्तीबाट सुरु गरेर पाणिनी स्कुल हुँदै देवसिङ टोल, नौ भाइ चोक, बुद्धचोक हुँदै उराउ बस्ती मै आएर भोलिको घरदैलो समापन हुने उनले बताए । बालेन भने भोलिबाट पश्चिम लाग्दैछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *