एमाले महाधिवेशन अगाडि घरदैलो अभियान सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २४

काठमाण्डौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलो कार्यक्रम सुरु भएको छ ।

एमालेले महाधिवेशनका लागि घरघरमा पुगेर निमन्त्रणा दिने कार्यको औपचारिक सुरुवात गरेको हो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यो अभियानको थालनी बुधबार बिहान काठमाडौं–२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट गरेका हुन् ।

यो कार्यको संयोजन पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गरेका छन्। घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका साथै वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरू सहभागी थिए ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ बाट काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *