राष्ट्रिय गानका गायकमध्येका अजय थापाको सङ्क्रमणका कारण निधन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ११

११ असार, काठमाडौं। नेपाली राष्ट्रिय गानका गायकमध्येका एक अजय थापाको आज कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

उनलाई गत आइतबार कोरोना सङ्क्रमण भएपश्चात उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।

बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए अनुसार भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ बजे उनको निधन भएको हो। उनकी पत्नी राधा थापासमेत कोरोना सङ्क्रमण भएर सोही हस्पिटलमा उपचाररत् छिन् ।

विसं २०६२र६३ को जनआन्दोलन सफल भएपछि ब्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *