कांग्रेसमा टिकट विवाद, गगन समूहको सर्त—रिट फिर्ता हुनुपर्छ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाडौं । नेपाली कांग्रेसले आन्तरिक विवादबीच निर्वाचनको टिकट टुंग्याउने तयारी गरेको छ। २१ फागुनमा हुने निर्वाचनका लागि तीन समूहका नेताहरूबीच छलफल भइरहेको छ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएको गगन थापा समूहले पार्टीको टिकट लिएर चुनाव लड्न सर्वोच्च अदालतमा परेको रिट फिर्ता हुनुपर्ने सर्त राखेको छ। विशेष महाधिवेशन स्वीकारेर टिकट लिने तर अदालतमा चुनौती दिन नमिल्ने गगन समूहको भनाइ छ।

देउवा र शेखर समूहले यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्। छलफल जारी रहे पनि अहिलेसम्म सहमति हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *