काठमाण्डौँ । थाइल्यान्डको नाखोन रत्चसिमा प्रान्तमा गुडिरहेको यात्रुबाहक रेलमाथि निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा ७९ जना घाइते भएका छन् भने उनीहरूमध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
१९५ सिट क्षमताको उक्त रेलमा दुर्घटनाका बेला कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन । स्थानीय समयअनुसार बिहान करिब ९ बजे एक्सप्रेस रेल लाइनमा निर्माण कार्य भइरहेका बेला क्रेन रेलमाथि खसेको प्रहरी अधिकारीले बताएका छन् ।
उद्धारकर्मीहरूले अहिलेसम्म १२ जनाको शव फेला पारेका छन् । दुर्घटनापछि एउटा कारमा आगलागी भएको र त्यसमा सवार सात जनाको मृत्यु भएको आशंका गरिएको छ । बाँकी यात्रुहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।
दुर्घटनापछि रेल सेवा प्रभावित भएको छ भने घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्