अटो दुर्घटना : दुई जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १६

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। शनिबार राति लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको रा१ह ६७९७ नम्बरको अटो सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

उद्धार गरी रुकुमपूर्व अस्पताल ल्याइएका घाइतेमध्ये भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका २६ वर्षीय प्रतीक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २८ वर्षीय ब्युटी पुन, २ वर्षीया समृद्धि पुन र ३ वर्षीय सक्षम घर्ती सामान्य उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

अटो चालक भूमे–१ लुकुमका २९ वर्षीय जोते घर्ती भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि प्रहरी चौकी लुकुम, इलाका प्रहरी कार्यालय काँक्री र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उद्धार कार्य सम्पन्न गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *