जिप ८०० मिटर तल खस्दा दुई जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २२

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदिबाट ६ नाइचे तर्फ सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दोलखा मेलुङ–४ का चालक ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।

जिप अनियन्त्रित भई सडकबाट करिब ८०० मिटर तल खसेको र सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बू सकुशल रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *