जेनजी आन्दोलनको स्मरणमा ‘नदबिने आवाज’ सामूहिक कला प्रदर्शनी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १३

काठमाण्डौँ । गत भदौ २३ गते भएको जेनजी आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना भएको छ ।

प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ९संसद् भवन० अगाडिको सडक पेटीमा आइतबार ‘नदबिने आवाज’ आयोजना गरिएको हो ।

प्रदर्शनीमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृति, सुशासनको माग र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विभिन्न कलाकृति प्रदर्शित गरेका छन् ।

गत भदौ २३ र २४ गते भ्रष्टाचार र बेथितिविरुद्ध सुरु भएको जेनजी युवा आन्दोलनले देशमा ठुलो राजनीतिक परिवर्तन ल्याएको थियो ।

आन्दोलनका क्रममा दर्जनौँ युवाले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए । यो आन्दोलनले तत्कालीन सरकारलाई नै परिवर्तन गर्न बाध्य बनाएको थियो ।

कलाकारहरूले यो प्रदर्शनीमार्फत युवाहरूको दबिएको आवाजलाई कलाको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *