अब चुनाव नै विकल्प : प्रचण्ड

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १२

काठमाडौं — नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन्। उनले अब देश निर्वाचनतर्फ अघि बढिसकेको र सबै दल चुनावमै केन्द्रित हुनुपर्ने बताएका हुन्।

नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र एमाले पनि अदालतको प्रक्रियापछि अन्ततः निर्वाचनमै जाने दाबी गरे। प्रचण्डका अनुसार निर्वाचनको विकल्प नभएको र चुनाव नभए देश थप अन्योलतर्फ जाने खतरा छ।

उनले नेता तथा कार्यकर्तालाई एकजुट भएर निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *