|
२०८२ मंसिर १५
नेकापा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले–कांग्रेसको दुईतिहाइको गर्वले देश क्षतिग्रस्त भएको टिप्पणी गरेका छन्। पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभामा उनले लोकप्रियतावाद र शक्तिको दम्भले नेताहरूलाई अन्ततः भाग्नु पर्ने अवस्थासमेत सिर्जना गर्न सक्ने चेतावनी दिए।
फागुन २१ मा हुने भनिएको निर्वाचनबारे शंका नगर्न नेता–कार्यकर्तालाई आग्रह गर्दै प्रचण्डले सरकार र छिमेकी राष्ट्रहरू दुवै चुनावको पक्षमा रहेको बताउँदै निर्वाचन अवश्यै हुने दाबी गरे।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्