सुरुङमा २०० मिटरभित्र प्रवेश गरी राफ्टमार्फत खोजी जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १९

काठमाडौं । भोटेकोशी विपद्को १०औँ दिन नेपाली सेना र सशस्त्र प्रहरीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार अभियान तीव्र पारेका छन्।

माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङबाट सञ्जय साह र कबीर महर्जनलाई करिब १७० मिटरभित्रबाट जीवितै उद्धार गरिएको छ। सोही आयोजनाबाट एक जनाको शवसमेत निकालिएको छ।

सेनाका अनुसार विभिन्न सातवटा सुरुङमा खोजी भइरहेको छ। रसुवागढीमा २७५ मिटरभित्रसम्म पुगेर खोजी भइरहेको छ भने अपर त्रिशूली–१ मा २०० मिटरभित्र प्रवेश गरी राफ्टमार्फत खोजी जारी छ।

रसुवा र नुवाकोटका २१९ स्थानमा फौज परिचालन गरी खोज, उद्धार तथा राहत वितरण भइरहेको छ। शुक्रबार मात्रै ११ पुरुष, ७ महिला र एक चिनियाँ नागरिकसहित १८ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको सेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *