×

माधव-प्रचण्ड समूहले देशभर विजयको जुलुस निकाल्दै

फाल्गुन १२, २०७७ | दाक्सु मिडिया

काठमाडौं – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गरेपछि प्रचण्ड—नेपाल समूहले विजय जुलुश निकाल्ने भएको छ ।

प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा बुधबार देशभरि विजय जुलुस गर्ने भएको हो।

काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे जुलुस सुरु हुने जनाइएको छ भने उपत्यकाबाहिरका जिल्ला बिहान ८ बजे जुलुस निकालिने छ।

शान्तिवाटिकाको जुलुसमा उक्त समूहका नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: