|
२०८२ पुष ९
काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले आन्तरिक तयारीलाई तीव्र बनाएका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको काम एकैसाथ अघि बढाइरहेको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त भइसकेका छन् । उता, प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाउने समयसीमा नजिकिँदै गर्दा दलहरू सूची तयार गर्न व्यस्त भएका छन् ।
निर्वाचन आयोगका अनुसार ९३ राजनीतिक दलले समानुपातिक प्रणालीमा सहभागी हुन निवेदन दिएका छन् । जनगणना २०७८ का तथ्याङ्कका आधारमा समावेशी समूहको नयाँ प्रतिशत निर्धारण गरिएको छ । दलहरूले पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्नुपर्नेछ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्