|
२०८२ पुष ८
काठमाण्डौँ । सुनको मूल्य मंगलबार एकैदिन ५ सय ५०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो ।
जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार २ सय ३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार २ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्