|
२०८२ कार्तिक २७
काठमाण्डौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा २ लाख ५० हजार २०० रुपैयाँ पुगेको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा ३ हजार १ सय ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार ३ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्