काठमाण्डौँ । सुशीला कार्कीले देशलाई निकास दिन नसक्ने भन्दै अल जेन-जी मुभमेन्टले सर्वपक्षीय राष्ट्रिय सरकारको माग गरेको छ । सोमबार संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै अल जेन मुभमेन्ट नेपालले गरेको शान्तिपूर्ण प्रदर्शनमा धरपकड गर्नु गैरन्यायिक भएको टिप्पणी गरेका छन् ।
अल जेन मुभमेन्टका मेग खत्रीले आफूहरूले आइतबार गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड गरेको भन्दै आक्रोश व्यक्त गरे । हरिकृष्ण गजुरेलले वर्तमान सरकार पनि पुरानै शैलीमा गएको भन्दै आफूहरूले अल जेन मुमेन्टमार्फत देशलाई नयाँ निकास दिने दाबी गरे ।
माधव ठकुरीले जेनजीले नै बनाएको सरकार उनीहरूले उठाएका मागकै विरुद्धमा भएकोले देशमा थप द्वन्द चर्किने भन्दै चिन्ता व्यक्त गरे । सुशीला सरकार भर्सेस मिराज हुनु देश संकटतिर जानु जस्तै भएको उनको जिकिर छ ।
डा।शम्भू पोखरेलले शान्तिपूर्ण प्रदर्शनमा सरकारले धरपकड गरेकोमा गैर कानुनी भएकोले सरकारले माफी माग्नुपर्ने माग गरे । जनक थापाले सरकारले संविधान प्रदत्त अधिकार कुण्ठित गर्दै जाँदा जेनजीको भन्दा ठूलो विद्रोह गर्ने चेतावनी दिए ।
अशोक रानामगरले राष्ट्रिय मुक्तिको लागि अल जेन मुमेन्टले नेतृत्व लिएर राजीतिक निकास दिने दाबी गरे ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्