|
२०८२ पुष ४
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले भोलि पुस ५ गते काठमाडौँको भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गर्ने भएको छ ।
सभालाई सफल बनाउन पार्टी मातहतका कमिटीलाई सहभागी हुन आह्वान गरिएको छ । पार्टी नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको तयारी बैठकले सभाको व्यवस्थापनका लागि कमिटीबीच समन्वय र सहकार्य गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिको संयुक्त आयोजनामा हुने सभामा मञ्च, स्वागत र सुरक्षा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिनेछ ।
सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन् ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्