|
२०८३ जेष्ठ २९
महेन्द्रनगर, २९ जेठ — पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कञ्चनपुरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेन पुलसँग सम्बन्धित गाइडबण्डको काम तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले गाइडबण्ड निर्माणमा देखिएको अवरोध हटाउन नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने बताएका हुन्। पुलको मुख्य संरचना करिब ९५ प्रतिशत पूरा भए पनि गाइडबण्ड निर्माण विवादका कारण रोकिएको छ।
मन्त्रीले आवश्यक परे सडक विभागले नै प्रक्रिया अघि बढाउन सक्ने उल्लेख गर्दै काममा ढिलाइ नगर्न आग्रह गरे। उनले दोधारा–चाँदनी सुक्खा बन्दरगाह र मझगाउँ विमानस्थलको पनि निरीक्षण गरेका छन्।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्