बाल मन्दिर जग्गा हिनामिनामा जोडिएकी रिता वैद्यको निधन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३

काठमाण्डौँ । नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिनामा प्रकरणमा मुछिएकी रिता वैद्यको निधन भएको छ । २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहकी छोरी रिता सिंह वैद्यको आज निधन भएको हो ।

मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उनकी भाईबुहारी अर्थात् कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सृजना सिंहले जनाएकी छन् । सृजनाका अनुसार रिता लामो समयदेखी किड्नी फेलियर भएर डायलेसीस गराइरहेकी थिइन् ।

पछिल्लो समय उनी डिप्रेशनको पनि बिरामी रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *