|
२०८२ पुष १
काठमाण्डौँ । देशभरका निकुञ्ज, वन्यजन्तु आरक्ष तथा बाघ पाइने राष्ट्रिय वन क्षेत्रमा बाघहरुको गणनाको काम आजदेखि सुरु हुँदैछ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा बाघ गणनाको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । पाँचौं राष्ट्रिय बाघ गणनाको नाम दिइएको यो अभियानको नतिजा चैतमा आउनेछ ।
चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कप्लेक्स भनेर तीनखण्डमा विभाजन गरी वैज्ञानिक विधिबाट बाघको गणना गरिदैछ । गणनामा २ हजार ३०० स्वाचालित क्यामेराको प्रयोग गरिनेछ । बाघ गणनाका लागि २ करोड ५० लाख खर्च अनुमान गरिएको छ । पुस ३ गते तालिम लिएकाहरुलाई गणनाका लागि कार्यक्षेत्रमा परिचालन गरिने निकुञ्जका प्रमुख डा।गणेश पन्तले जानकारी दिएका छन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्