सुनसरीको प्रहरी पोष्ट तोडफोड गर्ने ५ जना हिरासतमा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ २५

२५ जेठ, काठमाडौं । सुनसरीमा अस्थायी प्रहरी पोष्ट तोडफोड गर्ने ५ जनालाई हिरासतमा लिइएको छन् ।

धरान उपमहानगरपालिका-१५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोड गरेको अभियोगमा ५ जनालाई प्रहरीले हिरासतमा लिएको हो ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय विक्रम राई, सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय सिजन राई, सोही
उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय कालु भन्ने सरोज लिम्बु, सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय बसन्त राई र सोही उपमहानगरपालिका-१५ बस्ने ३२ वर्षीय रेगन लिम्बु रहेका छन् ।

जेठ १३ गते प्रहरी पोष्ट तोडफोड भएको घटनामा संलग्न रही फरार रहेका उनीहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोरङ, तेह्रथुम र धनकुटाका प्रहरी कार्यालय र १ नम्बर प्रदेश प्रहरी व्यूरो समेतको सहयोगमा घटनामा संलग्न १० जनामध्ये ५ जनालाई हिरासतमा लिएको हो।

उनीहरु माथि जिल्ला अदालत सुनसरीमा ज्यान सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *