विराटनगर : झापाको प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको हिरासतमा रहेका मेचीनगर नगरपालिका वडा नम्बर ६ का २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो । उनलाई प्रहरीले लागुऔषध खैरो हिरोइनसहित नियन्त्रणमा लिएको थियो ।
१३ साउनमा ५ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका खड्कामाथि प्रहरीले अनुसन्धानका लागि पाँच दिन म्याद थपेको थियो । मंगलबार राति करिब साढे १ बजे अचानक गम्भीर बिरामी भएका खड्कालाई उपचारका लागि आम्दा अस्पताल धुलाबारी लगिएको थियो ।
अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । खड्काको मृत्युको कारण खुलेको छैन । पोष्टमार्टम गरिए पनि रिपोर्ट आइसकेको छैन । हिरासतमा थुनुवाको मृत्यु भएको घटनामा अनुसन्धान भइरहेको चन्दले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया