एनपीएलको एलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु खेल्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २४

काठमाण्डौँ । नेपाल प्रिमियर लिग एनपीएलको एलिमिनेटरमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिवि क्रिकेट मैदानमा अपराहन्न ४ बजे सुरु हुनेछ । गत संस्करण नेट रनरेटले साथ नदिएको काठमाण्डु र खराब प्रदर्शन गरेको लुम्बिनी यस पटक प्लेअफमा पुगे । तर, सुरुवाती जितका बाबजुद बीचमा लय गुमाएका यी टिमले पुनरागमन गर्दै प्लेअफको यात्रा तय गरेका हुन् ।

नेट रनरेटमा पछि पर्दा प्लेअफबाट बञ्चित भएको काठमाण्डु यस पटक सुरुवातदेखि भने अब्बल निस्कियो ।

काठमाण्डु र लुम्बिनीबीच अहिलेसम्म २ पटक भेट भएको छ । दुवैमा काठमाण्डुले नै जितेको छ। उसले गत संस्करणको लिग चरणमा १८ रन र यसपटक २२ रनले जितेको थियो ।

जारी संस्करण काठमाण्डुले लिग चरणमा ५ जित र २ हार तथा लुम्बिनीले ४ जित र ३ हारको नतिजा हासिल गरेका थिए ।

आजको विजेताले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्ने छ । दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *