|
२०८२ मंसिर २३
काठमाण्डौँ । फिल्म ‘अभिमन्यु, च्याप्टर–१’ले अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि प्रदर्शन हुने भएको छ । डिसेम्बर ११ बाट प्रदर्शनमा आउन लागेको फिल्मले अस्ट्रेलिया र न्युजिल्यान्डमा ५०० शो सहित प्रदर्शनमा आउन लागेको निर्माण युनिटले जनाएको छ ।
सुशान्त गौतम निर्देशित ‘अभिमन्यु’ स्वदेशमा गत बिहीबारबाट प्रदर्शनमा आएको छ । फिल्मलाई दर्शकले सकारात्मक समिक्षा दिएका छन् ।
फिल्मले मधेसमा समस्याकै रूपमा रहेको दाइजो प्रथा र नेपाली समाज इजी मनिका लागि हुने तिकडमको कथा भन्छ ।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकारको अभिनय छ । फिल्मको विशेष भूमिकामा रेखा थापा देखिएकी छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्