|
२०८२ कार्तिक २६
काठमाण्डौँ । गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘मन बिनको धन’ को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समाबेश “बा आमा ” बोलको गीत सार्वजनिक गरिएको हो ।
अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टंक बुढाथोकी संगीत तथा एरेन्ज र शंकर आचार्यको शब्द रहेको छ । देशैभरिका हलमा प्रदर्शन भईरहेको ‘मन बिनको धन’लाई दर्शकले मन पराएका छन् । फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् ।
हल भिजिटमा पुगेका कलाकार अशोक दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ । दर्शकले दर्जीलाई अँगालो हालेर रोएका भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छन् । फिल्म हेर्न स्कुले विद्यार्थीदेखि उनीहरूका बुबाआमा पनि हलबाट रुँदै निस्केको देख्न सकिन्छ ।
्


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्