अस्ट्रेलिया उडिन सरस्वती

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ २४

काठमाण्डौँ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी अस्ट्रेलिया फर्किएकी छन् ।

पोखरामा भएको पाँचौं संस्करणको टाइगर कप खेल्न उनी स्वदेश फर्किएकी थिइन् । उनले विभागीय टोली एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी छिन् ।

तर, फाइनलमा आयोजक टाइगर ग्रुपसँग एपिएफ पराजित हुँदै उपविजेतामा सिमित भएको थियोे । पुरस्कारसमेत नलिई काठमाडौं आएकी उनी बिहीबार अस्ट्रेलिया फर्किएकी हुन् ।

उनलाई एपिएफका रेश्मा भण्डारी, कविता भट्टलगायत खेलाडीले बिदाई गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *