एनपीएलमा भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २२

काठमाण्डौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सोमबार विश्राम दिन राखिएकोले कुनै पनि खेलहरू हुने छैनन् । लिग चरणका खेलहरू सकिएपछि मैदान व्यवस्थापनका लागि आजको दिन विश्रामको रूपमा छुट्याइएको हो ।

प्रतियोगिता अन्तर्गत भोलि अर्थात मङ्गलबार पहिलो क्वालिफायर खेल हुनेछ ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।

सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये छ वटा जितेको थियो भने विराटनगरले सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले लिग चरणमा विराटनगरसँग मात्रै पराजय भोग्नुपरेको थियो, जबकि विराटनगर भने चितवन र लुम्बिनीसँग पनि पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *