नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई क्यूरा हेल्थमा विशेष छुट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

नेपाल बैंक लिमिटेडका कर्मचारी तथा बैंकका खातेदारहरूलाई क्यूरा हेल्थ प्राइभेट लिमिटेडले उपलब्ध गराउने स्वास्थ्य सेवामा विशेष सुविधा प्रदान गर्नेगरी दुई संस्थाबीच सम्झौता भएको छ। क्यूरा हेल्थको ज्वागल, ललितपुरस्थित केन्द्रमा आयोजित कार्यक्रममा सम्झौता औपचारिक रूपमा सम्पन्न गरिएको हो।

सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी र ग्राहकले क्यूरा हेल्थद्वारा प्रदान गरिने प्याथोलोजी सेवाहरू, होम–स्याम्पल कलेक्शन (निःशुल्क) तथा विभिन्न हेल्थ प्याकेजहरूमा लाग्ने शुल्कमा १२ देखि २५ प्रतिशतसम्म छुट पाउनेछन्।

मंसिर १९ गते सम्पन्न उक्त सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्यूरा हेल्थ प्राइभेट लिमिटेडका तर्फबाट प्रबन्धक शीतल प्रसाद पोखरेलले हस्ताक्षर गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *