मन्त्री पुनद्वारा प्रसाईंका अव्यावहारिक दाबीको आलोचना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २०

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका ठूला आर्थिक र सामाजिक परिवर्तनका प्रस्तावलाई अव्यावहारिक र तथ्यहीन भनेका छन्।

मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् कि हाल विद्यालयमा शिक्षकलाई भत्ता दिन समेत समस्या छ भने, छाना नभएका कक्षाकोठा भएकालाई सहयोग दिन पनि बजेट छैन। यस्तो अवस्था हुँदा प्रसाईंले जनतालाई ऋण मिनाहा गर्ने, सेना र प्रहरीको तलब बढाउने जस्ता योजना कसरी पूरा गर्ने भन्ने उनी प्रश्न गर्छन्।

पुनले थपे, “धनको देवता कुवेर त हुँदैन, पैसा छापेर काम चलाउन सकिँदैन। हावा कुरा गरेर जनता झुक्याउनु हुँदैन।” उनले प्रसाईंलाई यस्ता योजनामा ध्यानपूर्वक सोच्न र तथ्यसहित मात्र कुरा गर्न सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *